मन्त्रिपरिषद्‍ बैठकका यस्ता छन् नौ निर्णयहरू

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन्। बैठकले विभिन्न नौ वटा निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गर्नुका साथै
देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ ।

बैठकले एक सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको हो ।एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने मध्यकालीन समीक्षा कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयका सचिव तोयम रायालाई स्वीकृति प्रदान गरेको छ ।

footwear zone

त्यस्तै थाइल्यान्डको बैंककमा फागुन २४ र २५ गते हुने भर्चुअल बिम्स्टेक बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन हुने भएको छ ।

 

You might also like

Comments are closed.