प्रदर्शनीमार्ग भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटमा बिक्री भइरहेको आयोजकको भनाइ

काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक सबिन कार्कीले जानकारी दिए ।

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । ‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं,’ उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं ।’

मेलामा ग्राहकले जत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट पाउनुका साथै वारेन्टीको समेत व्यवस्था गरिएको बताइएको छ ।

footwear zone

You might also like

Comments are closed.