प्रदेश १ को नाम ‘कोसी प्रदेश ’ राख्न प्रस्ताव दर्ता

काठमाडौं । नेकपा (एमाले) र नेपाली काँग्रेसका सांसद मिलेर प्रदेश १ को नाम ‘कोसी’ राख्न बुधबार प्रस्ताव दर्ता गराएका छन् ।

संसद् सचिवालयका अनुसार एमाले सांसद राम रानामगर प्रस्तावक र काँग्रेस सांसद भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता भएको हो ।

प्रदेश १ को नाम ‘कोसी प्रदेश ’ राख्ने सम्बन्धी प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम ९ख० १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्।’

footwear zone

प्रस्तावमा भनिएको छ, ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभावाट आफैले गर्नु पर्ने दायित्व पुुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दुु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुुवान संस्कृति, बिराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेलार्य समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै एतिहासिक, धार्मिक तथा जातजाती, भाषा सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भु-भागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ।’

प्रदेशको नामकरण गर्न आजै प्रदेश सभा बैठक बस्दैछ ।

 

You might also like

Comments are closed.