टाटाका गाडीको होली क्याम्प सुरु, यस्ता छन् सुविधा !

काठमाडौं  ।  सिप्रदी टे«डिङले रंगको पर्व होलीको सन्दर्भ पारेर टाटा कमर्सियल गाडीको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ ।

बुधवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक कार्यक्रमका बीच उक्त क्याम्पको शुभारम्भ गरेका छन् । कार्यक्रममा श्रेष्ठले टाटा कमर्सियल गाडीको संचालन खर्चलाई न्यूनीकरण गर्न कम्पनीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्टस् तथा टाटा जेन्यूइन आयलको मूल्यमा छूट सुविधा दिएको बताए ।

क्याम्पमा सहभागी गाडीको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्टस्मा १५ देखि २२ प्रतिशतसम्मको छूट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छूट, सर्भिस बुकिङ गरेर आउने गाडीलाई लेवर चार्जमा ५० प्रतिशत छूट र निःशुल्क वासिङ सुविधा राखिएको छ ।

footwear zone

क्याम्पमा सहभागी सबैलाई अर्को पटक पनि उही छूट सुविधा सहितको सर्भिस कुपन र ३ जना ग्राहकले स्र्माट फोन जित्ने अवसर छ ।
सिप्रदीका सबै आधिकारिक सर्भिस सेन्टरमा फागुन १७ देखि २१ गतेसम्म क्याम्प सञ्चालनमा रहने कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.