प्राञ्जल एजुकेसन १४औं वर्षमा प्रवेश

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्राञ्जल एजुकेसन कन्सल्टेन्सी स्थापनाको १४औं वर्ष प्रवेश गरेको छ । संस्थाले आज आइतबार विशेष कार्यक्रमसहित १३औं वार्षिकोत्सव मनाउँदैछ ।

पुतलीसडकचोक काठमाडौंमा कार्यालय रहेको कन्सल्टेन्सीले अष्ट्रेलिया, युएस, क्यानडा र युके अध्ययन गर्न जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले आइएलटिएस र पिटिइको तयारी कक्षा तथा करियर काउन्सिलिङ सेवासहित वैदेशिक शिक्षाका सन्दर्भमा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक बासुदेव दाहालले जानकारी दिए ।

कन्सल्टेन्सीले दक्ष र अनुभवी काउन्सिलर तथा कर्मचारीबाट सेवा प्रदान गर्दै आइरहेको उनले बताए । ‘संस्था स्थापनाको १३ वर्षको दौरानमा विद्यार्थी, अभिभावक र यो व्यवसायका स्टेकहोल्डर्सहरुको विश्वास र भरोसाको आर्जन सबैभन्दा ठूलो उपलब्धी बनेको छ,’ उनले भने, ‘आजको उचाईसम्म आउँदा यो कम्पनीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दछु ।’

footwear zone

You might also like

Comments are closed.