धरानलाई व्यापारिक र पर्यटन केन्द्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले स्वदेशी उत्पादनलाई बजारीकरणको पनि केन्द्र बनाउन सकिने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो-२०७९’ समापन समारोहमा मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई बजारीकरणको पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गरेका हुन् ।

पर्यटन प्रवद्र्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उनले नेपाली स्रोतसाधनलाई सामूहिकरूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए ।

footwear zone

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादनमुखी व्यापार तथा व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बनाउन जरुरी भएको बताए ।

पूर्वमन्त्री मीन विश्वकर्माले उपलब्ध स्रोत र साधनलाई भरपुर उपयोगका लागि स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न उद्योगी तथा व्यवसायीसँग आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले धरानमा पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै पूर्वको समग्र पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डका सदस्य कृष्ण शाहको भनाइ थियोे ।

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न एक सय ३० कक्ष रहेको सुनसरी उद्योग वाणिज्य संङ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.