५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

काठमाडौं । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा गणित विषयका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने प्रतिष्ठानको उद्देश्य रहेको बताउँदै सचिव डिल्लीराम गिरीले समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ति एवम् शैक्षिक सामग्री वार्षिकरुपमा वितरण गर्दै आइएको बताए ।

footwear zone

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

शैक्षिक सामग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सिर्जना सामुदायिक मावि सिमपाली र संगम मावि चन्द्रकोट छन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले शिक्षाका माध्यमबाट व्यक्ति एवम् समाजलाई परिवर्तन गर्न सकिने बताउँदै शिक्षा क्षेत्रमा गरिने सहयोग महत्वपूर्ण हुने बताए । प्राप्त सहयोगलाई अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठान २०५४ सालदेखि कार्य सुरु गरी २०५६ सालमा विधिवत दर्ता भई शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

You might also like

Comments are closed.