‘प्रथम गण्डकी औद्योगिक व्यापार महोत्सव’ सुरु

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आयोजित ‘प्रथम गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ । आइतबार एक कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिएको हो । महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइरालाको सभापतित्वमा तथा प्रतिनिधि सभा सदस्य प्रा.डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिएको हो । उक्त अवसरमा बोल्दै कोइरालाले उद्योग, व्यापार, व्यवसायको प्रवर्द्धनका लागि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेपनि व्यवहारमा त्यस्तो नभएको बताए । उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए । हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उनले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिए ।

कार्यक्रममा बोल्दै महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाले महासंघ प्रदेशको आयोजनामा पहिलो पटक महोत्सव सञ्चालन भएको र महोत्सवले समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

footwear zone

नारायणी नदी किनारमा सुरु भएको महोत्सव चैत १ गतेसम्म जारी रहने महोत्सव सहआयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

You might also like

Comments are closed.