लघुवित्त बचाऔं भन्दै महिलाहरु शान्तिपूर्ण र्यालीसहित सडकमा

काठमाडौं । लघुवित्त बचाऔं भन्दै महिलाहरुले सडकमा आएका छन् । यसैक्रममा उनीहरुले शुक्रबार विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् । लघुवित्तले पुर्याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्छ भन्ने सन्देशसहित महिलाहरु र्यालीमा सहभागी भएका हुन् ।

लघुवित्तका विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरु तत्काल बन्द हुनुपर्ने उनीहरुको माग छ । लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाईमा मोरङ जिल्ला भरीवाट लघुवित्तलाई वचाऊ अभियानमा एक जुट भएर महिलाहरु र्यालीमा सहभागी भएका हुन् । ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन’, ‘लघुवित्त रुपी बृक्षको रक्षा गरौं’, ‘गरिबहरुको वित्तीय पहूँच हुनपर्छ’ भन्ने नाराका साथ महिलाहरु र्यालीमा सहभागी भए ।

विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्र भित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः हाटखोलमा आई कोण सभामा परिणत भएको थियो ।

footwear zone

लघुवित्तले सिकाएको सिपले आफूहरुले जीवन चलाएको उनीहरुले बताए । ‘छोराछोरीलाई पढाएका छौं, श्रीमान्हरु समेतलाई रोजगारी सृजना गराएका छौं, उद्यमी बनेका छौं,’ सहभागी एक महिलाले भनिन्, ‘गाउँगाउँमा आई सेवा दिने लघुवित्त हाम्रो लागि चाहिन्छ, यसलाई बचाई राख्नुपर्दछ ।’

लघुवित्त सम्बन्धी भ्रम फैल्याउने लघुवित्त संघर्ष समितिलाई चुनौति दिदै सबै महिला एक जुट हुनुपर्ने, लघुवित्तलाई वचाउनु पर्ने, ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई निरन्तरता दिनुपर्ने र्यालीमा सहभागी महिलाहरुको माग छ ।

You might also like

Comments are closed.