तिरुपति इङ्लिस बोर्डिङ हाइ स्कुल १७ औं वर्षमा प्रवेश, गुणस्तरीय शिक्षामा प्रतिबद्धता

तेन्जिङ भुटिया, संस्थापक/प्रिन्सिपल, तिरुपति इङ्लिस बोर्डिङ हाइ स्कुल

काठमाडौं बुढानिलकण्ठ–१०, कपनमा रहेको तिरुपति इङ्लिस बोर्डिङ हाइ स्कुल १७ औं वर्षमा प्रवेश गरेको छ । ‘संस्कारयुक्त शिक्षा, हाम्रो विशेषता’ भन्ने नाराका साथ सञ्चालनमा आएको सो विद्यालयले प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करीब ५ सय विद्यार्थी अध्ययनरत छन् ।

स्कूलका प्रिन्सिपल तेन्जिङ भुटिया घोकाउने होइन सिकाउने, थर्काउने होइन फकाउने स्कुल भनेर विद्यार्थीलाई प्रेरणा प्रदान गरी अध्यापन गराउदै आएका बताउँछन् । अन्य विद्यालय भन्दा फरक ढंगले चलेको यस विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरूले अध्यापन गराउँदै आएको भुटियाको दावी छ ।

‘विद्यार्थीलाई शिक्षासँगै राम्रो संस्कार पनि सिकाउँदै आएका छौं , कक्षा १० को अध्ययन सकेपछि नै विद्यार्थी आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले भने,‘सोही अनुुसार विद्यार्थीलाई प्रेरणा प्रदान गर्छौ।’ विद्यालयले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीमा अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याउने प्रिन्सिपल भुटियाको भनाइ छ । ‘म आफै पनि संगीत तथा कलाकारिता क्षेत्रमा आवद्ध छु, संगीत, कलाकारिता लगायत पनि हामीले प्राथमिकतामा राख्छौं ’ उनले भने ।

footwear zone

यस विद्यालयबाठ हालसम्म ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् भने काठमाडौं जिल्लाभरीका १० उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल छ । विद्यालयले अन्तर्राष्ट्रिय स्कूल अवार्ड पनि प्राप्त गरिसकेको छ ।

प्रिन्सिपल भुटिया अबकोे लक्ष्य प्लस टु सञ्चालन गर्ने रहेको बताउँछन् । ‘सकेसम्म छिटो प्लस टु सञ्चालनमा ल्याउने तयारीमा हामी छौं, पीजी टु पीजी अर्थात प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएटसम्म शिक्षा प्रदान गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने,‘ सुलभ शुल्कमा सवैलाई शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरेका छौं । पैसाको कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर सोही अनुसार गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि दिन्छौं ।’

विद्यालयले पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा विद्यालयका १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा मनाउँदैछ । सो अवसरमा अभिभावक,कालकार, समाजसेवी लगायतको पनि उपस्थिती रहनेछ । ‘हामीले विभिन्न सम्मान पनि प्रदान गर्दैछौं, रीमा साई सेवा समितिका संचालक रीमा सापकोटालाई समाजसेवी सम्मान, साहित्य सम्मान डा. कृष्णहरी बराललाई, पत्रकारिता सम्मान विश्व लिम्बु र जीवन पराजुली तथा कलाकारिता सम्मान गम्भिर बिष्टलाई प्रदान गर्दैछौं ’ उनले भने ।

You might also like

Comments are closed.