काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारणसभा शुक्रवार तनहुँको बन्दिपुर गाउँपालिका–५ मा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद जोशीले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाले संस्थाको आ.व.२०७८/७९सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू। २७ करोडको शुन्य दशमलव ९५ प्रतिशतले हुन आउने रू. २५ लाख ५७ हजार नगद लाभांश (बोनश शेयरमा लाग्ने करबापतको रकम) पारित गरेको छ ।
त्यसैगरी विशेष प्रस्तावतर्फ वित्तीय संस्थाको अधिकृत पूँजी रू. ३० करोडबाट वृद्धि गरी रू. ४० करोड र जारी तथा चुक्ता पूँजी रू. २७ करोडबाट ३१ करोड ८६ लाख पु¥याउने, वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन/परिमार्जन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ ।






Comments are closed.