ग्लोबल आइएमई लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँ बीमा रकम भुक्तानी

काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाँउ, नवलपुरले ऋणी सदस्यको मृत्यू भएकोमा १० लाख २५ हजार रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बौदिकाली गाँउपालिका वडा नं–२ की सदस्य केशरी दरैको गाडी र्दुघटनामा परि असामयिक निधन भएकोमा संस्थाको ऋणी वीमा कार्यक्रम मार्फत रु.१० लाख २५ हजार मृतकका श्रीमान खेमचन्द्र दरैलाई प्रदान गरेको हो । वित्तीय संस्थाले वीमा रकम भुक्तानी कार्यक्रम आयोजना गरी वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको हातबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक अनिश पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा समूह सदस्य, अभिभावक, स्थानीय जनप्रतिनिधि लगायतका २५ जनाको सहभागिता रहेको थियो । संस्थाले वित्तीय कारोबारका साथै वीमा, शिपमुलक तालिम कार्यक्रम, ग्राहक संरक्षण कार्यक्रम तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विबिध कार्यक्रम सञ्चालन गरिरहेको छ, संस्थाको हाल १ लाख ५० हजार भन्दा बढी ग्राहक सदस्य रहेका छन् ।

footwear zone

You might also like

Comments are closed.