वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार अग्रवाल निर्वाचित

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार अग्रवाल निर्वाचित भएका छन् । ४७औं वार्षिक साधारणसभा उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

संघकोे वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्षमा माधव राजपा, महासचिवमा आषिशकुमार लाठ, सचिव (उद्योग) मा सुशान्त चाचान, सचिव (वाणिज्य)मा प्रेमचन्द्र गोयल, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, सहकोषाध्यक्षमा अनोज रुगटा, सहसचिव (उद्योग)मा निरज अग्रवाल, सहसचिव (वाणिज्य)मा नरेश टिवडेवाल निर्वाचित भएका छन् ।

आफूलाई अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति अध्यक्ष अग्रवालले आभार व्यक्त गरेका छन् ।

footwear zone

सबै उद्योगी व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने उनको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.