११ औं राष्ट्रिय हेमजा आलु महोत्सवलाई युवाले सघाउने प्रतिबद्धता

काठमाडौं । ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव-२०७९ लाई हेमजाका युवाले सघाउने प्रतिबद्धता गरेका छन् । महोत्सव यही चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हुदैछ ।

मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाएका हुन्।

हेमजा युनाइटेडका अध्यक्ष राजेस त्रिपाठी, युवा रेडक्रस सरकल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी लगाएतले भनाइ राखेका थिए ।

footwear zone

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, युवा परिचालन उप समिति संयोजक अमित तिमिल्सिना, लगायतले सहजीकरण गरका थिए ।

महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।

You might also like

Comments are closed.