प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीका लागि आज एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

विश्व लगानीकर्ता सप्ताह-२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले प्रभु क्यापिटलले उक्त कार्यक्रम सञ्चालन गरेकाे हाे ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका हुन् ।

footwear zone

प्रभु क्यापिटलले सशेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.