पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्ती मगरलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मर्सानीले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफ्नो तर्फबाट एशोसियसनलाई सहयोग तथा सल्लाहको आवश्यकता परेमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर यो वर्ष विभिन्न कार्यक्रमहरू गरिरहेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै अध्यक्ष खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्तरदायित्व बहन गर्दै नवौ पटक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव बुद्धि बहादुर कुवंरले संचालन गरेका थिए भने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले रक्तदान कार्यक्रममा सहभागी सवैमा स्वागत गर्दै आगामी दिनहरुमा पनि सवैको साथ र सहयोग हुने बताए । कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्य सुदीप ढकाल सल्लाहकार शिव शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले बिशेष सहयोग गरेको थियो ।




Comments are closed.