कुमारी बैंकले ६१ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले ६१ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले आफ्ना संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल–२ मा पुग्नेगरी दरखास्त दिन सकिने छ ।

footwear zone

यदी तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकोमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.