प्रदेश सभासदस्य लामिछानेद्वारा आकाशेपुल निर्माणका लागि ध्यानाकर्षण

काठमाडौं । वाग्मती प्रदेश सदस्य सुरजचन्द्र लामिछानेले आकाशेपुल निर्माणका लागि सम्बन्धित् निकायलाई ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्र्तगतको मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्र अत्यन्त जोखिमपूर्ण स्थानको रुपमा रहेको विषयमा सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखकको ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको अवगत कार्यालय प्रमुखलाई गराएका छन् । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघ संस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औल्याएको लामिछाने बताउँछन् ।

footwear zone

उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने भन्दै लामिछानेले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा थप मानवीय क्षति रोक्न, पैदलयात्रीहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित् सबै पक्षको ध्यानाकर्षण गराइएको छ ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर १ प्रदेश २ बाट निर्वाचित लामिछानेले जनजीविकासँगै विकास निर्माणका विषयमा सम्बन्धित् निकायको बारम्बर ध्यानाकर्षण गराउँदै आएका छन् ।

You might also like

Comments are closed.