कर्णाली सरकारले बिहीबार सार्वजनिक बिदा दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले चैत १६ गते शुक्ल नवमी राम नवमीको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ ।

footwear zone

 

You might also like

Comments are closed.