प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले लिलामी प्रक्रियामार्फत यही चैत २१ गते आफ्नो ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा गर्न लागको हो ।

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।यो सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

footwear zone

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले यही चैत २९ गतेसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.