आर्थिक आवाज
पोखरा, २३ फागुन । व्यवस्थित पार्किङ र इन्टरनेट सेक्युरिटीमा कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीले चासो दिएको छ । पर्यटकीय नगरी पोखरामा अव्यवस्थित पार्किङ बढिरहेको सन्दर्भमा व्यवस्थित पार्किङको सुरुवात गर्नुपर्ने क्यानद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । क्यान महासंघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पोखरामा जारी क्यान इन्फोटेकको अवसरमा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै क्यान कास्कीका पूर्व अध्यक्ष चण्डिप्रसाद अर्यालले व्यवस्थित पार्किङका लागि प्रविधिको प्रयोग गर्न सकिने बताए । ‘पोखरामा पछिल्लो समय निजी सवारीहरु बढिरहेका छन्,’ उनले भने, ‘बजारका मुख्य क्षेत्रमा अस्तव्यस्त पार्किङ हुँदा शहरको सौन्दर्य घटेको छ । व्यवस्थित पार्किङ गरेर शहरको सौन्दर्य जोगाउनुपर्छ ।’
कार्यक्रममा श्रोतव्यक्ति माइक्रोसफ्ट इमाजिन कप २०१८ का विजेता इडा रिजाल, क्यान महासंघका केन्द्रीय सदस्य एवं प्रशिक्षक चिरन्जिवी अधिकारी र क्यान कास्की शाखाका पूर्व अध्यक्ष चण्डिप्रसाद अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । पोखरा महानगरपालिकाका व्यस्त शहरमा अव्यवस्थित रुपमा रहेको पार्किङलाई आइसिटीको माध्यमले व्यवस्थित गर्ने उद्देश्यले आयोजित बोल्दै कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले व्यवस्थित पार्किङका लागि आफूहरुले पहल गरिरहेको बताए । प्रविधिको प्रयोगमा क्यानसँग सहकार्य गरिने उनको भनाइ छ ।
पछिल्लो समय इन्टरनेट असुरक्षित बनिरहेकाले सुरक्षालाई प्राथमिकतामा दिनुपर्ने प्रशिक्षक चिरन्जिवी अधिकारीले बताए । ‘हरेक क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग अनिवार्य छ,’ उनले भने, ‘इन्टरनेटको प्रयोग गर्दा सेक्युरिटीलाई जहिले पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’ क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोेजक एवं श्रोत व्यक्ति चण्डिप्रसाद अर्यालले राखेका थिए ।

कार्यक्रममा पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछाने, यातायात व्यवस्था कार्यालय पोखराका कार्र्यालय प्रमुख उपसचिव अच्युत रेग्मी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरिञ्जिवि पोखरेल, ट्राफिक कार्यालयका सही शिव प्रसाद पाठक, पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पोखरा महानगरपालिकाका विभिन्न वडाहरुका वडाध्यक्षहरु,, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य टीकाराम सापकोटा लगायत पर्यटन व्यवसायीहरु, क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष एवं केन्द्रीय सचिव जगन बहादुर गुरुङ, कम्प्युटर एशोसियसन अफ नेपाल गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोला लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु एवं आइटि विज्ञहरु, क्यान महासंघ कास्की शाखाका पदाधिकारीहरु एवं सदस्यहरु लगायत सरोकारवालाहरु सहभागी रहेको कार्यक्रम संयोजक अर्यालले जानकारी दिए । कार्यक्रममा सहभागीलाई पाण्डे कम्प्युटरका तर्फबाट एकवर्षे एन्टिभाइरस निःशुल्क उपलब्ध गराइएको थियो ।




Comments are closed.