३२५ जे, नेपालः लायन्स अभियानमा छोटो समयमै अब्बल

दीपा रेग्मी, काठमाडौं । नेपालमा लायन्सको आधा दशकभन्दा लामो इतिहास छ । सामाजिक क्षेत्रमा लायन्स क्लब्स इन्टरनेशनलले विभिन्न डिष्ट्रिक्ट र तिनका क्लब तथा सदस्यमार्फत धेरै सामाजिक काम गर्दै आइरहेको पाइन्छ । अहिले नेपालका १५ डिष्ट्रिक्टमार्फत लायन्सले काम गर्दै आइरहेको छ । यीनै मध्ये एक हो ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपाल’ ।

यो डिष्ट्रिक्ट ‘लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १’ को मल्टिपल डिष्ट्रिक्टको रूपमा गत वर्ष मात्र स्थापना भएको हो । तर यो छोटो समयमै डिष्ट्रिक्टले धेरै काम गरेको यसका पदाधिकारीहरू बताउँछन् । लायन्सका पूर्व गभर्नर ध्रुव थापा नेपालका सबै डिष्ट्रिक्ट उत्तिकै अब्बल र सक्षम रहेको भएपनि ३२५ जे ले छोटो समयै उत्कृष्ट काम गरेको पाएको बताउँछन् ।

‘सर्भिस फेलोसिप, लिडरसिपको लागि हामीले प्रतिस्पर्धा गर्दै आएका छौं । सबै डिष्ट्रिक्टका काम उत्तिकै प्रभावकारी र अब्बल छन्,’ उनले भने, ‘त्यसमध्ये पनि हाम्रो ३२५ जे लाई अहिलेको गभर्नर ज्यूले सर्भिस, व्यवस्थापन, अनुशासन लगायत उत्कृष्ट डिस्ट्रिक्टको रूपमा अगाडि बढाउनु भएको मैले पाएको छु ।’ नेपालमा लायन्सको इतिहास हेर्दा सर्भिस र क्लब विस्तारलाई प्राथमिकता दिँदै आएको बताउँदै उनले अब केही समय नेपालका डिष्ट्रिक्टलाई कसरी स्थायीत्व दिने भन्ने कुरा नै अहिलेको प्राथमिकतामा रहेको बताउँछन् । ‘डिष्ट्रिक्टलाई एउटा अनुशासनमा हिडाउनु पर्नेछ, धेरै साथीहरूमा लायन्सप्रति एक खालको फ्रस्टेसन पनि देखिएको छ, धेरै समय दिनुपर्ने, डोनेसन दिनुपर्ने भन्ने कुरा भइरहेको छ । विगतमा लायन्समा केही विसंगति पनि आए, अब त्यसलाई सुधारेर अगाडि बढ्नुपर्नेछ, हाम्रो मात्रै कुरा होइन, २–४ वर्ष सबै डिस्ट्रिक्टलाई व्यवस्थित गरेर लैजानुपर्नेछ,’ उनले भने ।

footwear zone

पहिले ठूलो डिष्ट्रिक्टको रूमा धेरै सदस्य र क्लबलाई लिड गरेर जानुपर्ने अवस्था रहेपनि अहिले त्यो समयको व्यवस्थापन र अहिलेको व्यवस्थापनमा फरक रहेको उनको भनाइ छ । ‘अहिले थोरै मेम्वर र क्लब भएको कारण पनि सहज होला, पहिले बोर्डकै सदस्य समेत चिन्न नसकिने अवस्था थियो तर अहिले हरेक क्लबसँग सिधै सम्बन्ध विस्तार र समन्वय गर्न सकिने अवस्था छ, यसले हरेक कामको परिणाम दिन पक्कै पनि सहज हुन्छ, ’ उनले भने ।

डिष्ट्रिक्ट टुक्रिएर जाँदा नेपाललाई अझै धेरै फाइदा पुगेको उनको भनाइ छ । ‘पहिले ४ ओटा डिष्ट्रिक्टले परियोजना माग्थे तर अहिले १५ डिस्ट्रिक्टले परियोजना माग्छन्, अहिले पनि धेरै कार्यक्रम आउँदैछन्, यसले नेपालको लागि धेरै फाइदा पुग्ने देखिन्छ,’ उनले भने । ३२५ जे का गभर्नर ध्रुव श्रेष्ठ ३२५ जे ले नयाँ डिस्ट्रिक्ट भएरै पनि विश्वस्तरमा उत्कृष्ट काम गरेको बताउँछन् । ‘३२५ जेको गभर्नरको रूपमा कामगर्दा मेरो लागि सुखद तथा सफल समय रहेको मैलै अनुभुती गरेको छु,’ उनले भने, ‘सकेसम्म हामी सक्रिय भएर काम गर्ने सोंचलाई व्यवहारमा बदल्ने मौका यो कार्यकालले दियो ।’ अहिले २० ओटा क्लब खोलेर क्लब थप गर्नेमा संसार कै दोस्रो पोजिसनमा डिष्ट्रिक्ट पुगेको बताए । सर्भिसका काममा पनि संसारभरमा दोस्रो र रिपोर्टिङको कुरामा पहिलो पोजिसनमा रहेको बताए ।

उनले आफ्नो डिष्ट्रिक्टले एउटा डिस्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई कम्तीमा ५ वर्ष नियमित गराउने निर्णय गरेकाले हरेक डिस्ट्रिक्ट गभर्नरका योजनाले पूर्णता पाउनको लागि सहयोग पुग्ने बताउँछन् ।

‘हामीले परिकल्पना गरेका ६–७ ओटा काम पुरा भएका छन् । हाम्रो डिष्ट्रिक्टको मल्टिपल दर्तासहितको अस्तित्व छ नै त्यसमा पनि डिष्ट्रिकलाई छुट्टै दर्ता प्रकिृयामा लैजानको लागि विधान र नियमावली बनाउने काम गरेका छौं,’ उनले भने, ‘डिष्ट्रिक्टलाई डिजिटलाइज्ड गर्नको लागि हाम्रो वेवसाइट बनाउने देखि मोबाइल एप लगायतका कुरालाई प्राथमिकता दिइ हाम्रा सूचना तथा जानकारी सबै डिजिटल माध्यमबाट राख्ने व्यवस्था मिलाएका छौं ।’

लायन्समा नयाँ सदस्य थपिँदा पुराना बाहिरिने प्रवृत्ति रहेकोमा नेपालमा सदस्य निरन्तरतामा अगाडि रहेको उनी बताउँछन् । ‘नेपालको परिपेक्षमा हेर्दा संसारमै धेरै सदस्य थप गर्नेमा पर्छ । यहाँ भएका १५ डिष्ट्रिक्टमध्ये यो पटक ५ डिष्ट्रिक्ट संसारमा उत्कृष्ट मध्येमा परे, हाम्रो डिष्ट्रिक्टपनि त्यसमध्येमा पर्छ, हाम्रो मान्यता नयाँ थप गर्ने मात्र भन्दा पनि भएकै सदस्यलाई सदस्यता नविकरण गरेर निरन्तरता दिनुपर्छ भन्ने हो, त्यो अभियानमा यो पटक सफल पनि भयौं ’ उनले भने । उनले डिष्ट्रिक्टले क्षमता विकासका धेरै कार्यक्रम गरेको बताए । लायन्स अन्तराष्ट्रियले केही वर्षदेखि ‘लायन्स् क्वेस्ट’ भन्ने ११ वर्ष मुनीका बालबालिका लक्षित परियोजना सञ्चालन गर्दै आएको छ र नेपालमा केही वर्षदेखि त्यो बन्द भएको थियो, हामीले त्यसलाई निरन्तरता दिएको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय रूपमै ‘पिस पोस्टर’ भन्ने चित्रकला प्रतियोगिता हुन्छ, नेपालमा १५ ओटा डिष्ट्रिक्टका ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकामा गरिएको प्रतिस्पर्धामा हाम्रो डिष्ट्रिक्ट प्रथम भएको छ , अमेरिकामा प्रतियोगिताको लागि हामी गइरहेका छौं, हामीले योबीचमा यस्ता धेरै काम गरेका छौं, जुनबाट हामी सन्तुष्ट पनि छौं,’ उनले भने ।

३२५ जे का र्पmस्ट भाइस डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठा अब डिष्ट्रिक्ट गभर्नर बन्दैछन् । उनले पूर्वगर्भनरहरूले ल्याएका कार्यक्रमलाई निरन्तरता दिने र त्यसका अतिरिक्त आफ्नैै योजना पनि रहेको बताए ।

‘अहिले हामी लायन्स अन्तर्राष्ट्रिय मै अब्बल हैसियतमा छौं, डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले एउटा डिजाइन दिनुका साथै फाउण्डेसन तयार गर्नुभएको छ, त्यो फाउण्डेसनलाई कसरी राम्रो बनाउने, कस्तो डेकोरेसन गर्ने, कसरी सुविधा सम्पन्न बनाउने भन्ने खालको कार्यक्रम हामीले ल्याउनुपर्छ, उहाँले अगाडि सारेका कार्यक्रमलाई मुर्तरूप दिनुपर्छ भन्ने हाम्रो सोचाइ छ र सफल पनि बनाउने छौं,’ उनले भने । ३२५ जेका चिफ एडमिनिष्ट्रेटर मिलनबाबु मल्लले ३२५ जे को छुट्टै पहिचान स्थापित गर्ने बताए । ‘हामीले सकेको राम्रो काम गरेरै अगाडि बढ्यौं, हामी आफ्नो छुट्टै पहिचान बनाउन सक्षम भएका छौं, एउटा व्यक्तिले गर्न सकिने अवस्था होइन, टीममा गरिने काम भएकोले पनि सबैको सक्रियताले आज यो अवस्थामा आएका छौं । गभर्नर ज्यूले ल्याउने योजनामा हाम्रो पूर्ण साथ रहेर त्यसलाई सफल पार्ने उद्देश्य रहन्छ,’ उनले भने ।

You might also like

Comments are closed.