ज्योत्सनाले बीच बाटोमा अञ्जनलाई धोका दिदा प्रवलको बलियो साथ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी मिति नजिकिएसँगै उद्योगी व्यवसायीहरु ३ ध्रुवमा बाँडिएका छन् । अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदैछन् । उनीहरुले प्यानल बनाउँदै निर्वाचनको तयारीमा जुटिसकेका छन् ।

वरिष्ठका ३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा पहिला टिम घोषणा गरेका थिए अञ्जनले । उनले युवालाई प्राथमिकतामा राख्दैै आफ्नो टिम बनाएका थिए । उनको टिमबाट जिल्ला–नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान समेटिएका थिए । तर, अञ्जनको टिमबाट उम्मेदवारी दिने घोषणा गरेकी ज्योत्सनाले अन्तिम समयमा आएर अञ्जनको टिम छोडेर रामचन्द्रको समूहमा प्रवेश गरेकी छन् । ज्योत्सनाले रातारात धोका दिएपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जनलाई युवा व्यवसायी प्रवल जंग पाण्डेले साथ दिएका छन् । अब उनको समूहबाट एसोसिएट उपाध्यक्षमा प्रवलले उम्मेदवारी दिने छन् ।

ज्योत्सनाले अञ्जनको टिम छोडर क्याम्प परिवर्तन गरेपछि प्रवल उम्मेदवार राजी भएको उनको समूहका एक व्यवसायीले जानकारी दिए । ‘ज्योत्सनाले साथ छाडेपछि अझै राम्रो सम्भावना बोकेको युवा उद्यमीलाई उम्मेदवार बनाउने अवसर जुटेको छ,’ उनले भने, ‘अञ्जनको टिम अझै सशक्त र बलियो बन्नेछ ।’

footwear zone

महासंघको ५७औं वार्षिक साधारणसभा चैत २८ र २९ गते हुँदैछ ।

You might also like

Comments are closed.