आमाबुवासँग स्काइ क्याफे र स्काइ चियरमा प्रकाश सपुत

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतले आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिएका छन् ।

केही दिनअघि उनले आफ्नो आमा बिना कुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित कुष्मामा पुगेर साहसिक खेलमा सहभागी भएको द क्लिफका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

गायक सपुतले कुष्मालाई साहसिक खेलको हब बनाउने क्लिफको कामको प्रशंसा गरे । उनले भने,“क्लिफको यो प्रयासले कुष्माको मात्र नभई देशलाई नै चिनाउनेछ ।”

footwear zone

उनले आफ्नै जिल्लामा साहसिक खेलका लागि राम्रो गन्तव्य बनाएको भन्दै यसले आफूलाई झनै खुशी बनाएको बताएका थिए ।गायक सपुतका ‘बोल माया’, ‘मेरो पनि होइन र यो देश’, ‘पीर’, ‘दोहोरी ब्याटल’ लगायतका धेरै गीतहरू चर्चित बनेका छन् । गीत गायनमा मात्र नभएर सपुतको पहिचान गीत लेखन, संगीतकार तथा कार्यक्रम प्रस्तोताको रूपमा समेत अगाडि बढिरहेको छ । साथै उनी अभिनित चलचित्र ‘परदेशी २’ सिनेमा हलमा आउने तयारीमा रहेको छ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

You might also like

Comments are closed.