बेबील्याण्डले ल्यायो ‘नव वर्षको हर्ष–२०८०’ अफर, १६ प्रतिशतसम्म विशेष छुट अफर

पोखरा ।  बच्चाको हरेक प्रकारका सामानहरुको स्टोर “बेबील्याण्ड” नेपालको पहिलो बेबी ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो । पोखरामा २०५१ साल बैशाख ५ गते स्थापना भएको यस बेबील्याण्डको हाल चिप्लेढुंगा तथा न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बेबील्याण्ड अनलाईन (www.babyland.com.np) संचालनमा रहेको छ ।

‘बच्चाहरुको खुशीनै परिवारको खुशी’ भन्ने नारा र नेपालको व्यबसायिक क्षेत्रमा केहि न केहि नयाँपन दिने सोंचका साथ समय समयमा विभिन्न कार्यक्रम तथा ईभेन्टहरु संचालन गर्दै आईरहेको यस बेबील्याण्डले ‘नवबर्षको हर्ष–२०८०’ योजना सार्वजनिक गरेको छ ।

बेबील्याण्डले आगामी बैशाख ५ गते २९ औं बार्षिकोत्सवको उपलक्ष्यमा सम्पुर्ण ग्राहक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना तथा २९ बर्ष सम्मको अनवरत साथ र सहयोग प्रति हार्दिक आभार प्रकट गर्दै ‘नवबर्षको हर्ष–२०८०’ योजना सार्वजनिक गरेको हो ।

footwear zone

बेबील्याण्डले विभिन्न प्रडक्टहरुमा १६ प्रतिशत सम्मको बिशेष छुटको अफर ल्याएको छ । साथै आगामी २०८० बैशाख १०गते सम्म संचालन हुने यस योजनामा बेबील्याण्ड अनलाईन बाट खरीद गर्ने ग्राहकहरुलाई लोयल्टी कार्ड तथा फ्रि होम डेलीभरीको सुविधा पनि उपलब्ध गराउने बताइएको छ ।

बेबबील्याण्डमा जन्मेदेखि १२ वर्षसम्मका बच्चाहरुको फेसनेबल लुगा, जुत्ता, खेलौना, साईकल, ट्राईसाईकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार, जिप, बाईक लगायत सम्पुर्ण सामानहरुको कलेक्शन रहेको छ ।

 

You might also like

Comments are closed.