ललितपुरको लेलेमा लुम्बिनी विकास बैंकको एटिएम सेवा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबार थप एक एटिएमको उद्घाटन गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा ललितपुरको गोदावरी नगरपालिका ५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टरबाट एटिएमको सेवा शुरु गरेको हो । यसले स्थानीय स्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउन पहल गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । एटिएम सेवाको उद्घाटन कार्यक्रमको सभापतित्व बैंकका मुख्य प्रबन्धक दिपक खनालले गरेका थिए । साथै एटिएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका ५ का वडा अध्यक्ष मिलन सिलवालले गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका वडा सचिव बाल कृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकाश सहकारी संस्थाका अध्यक्ष बच्चु राम सिजापति, बैंकका कर्मचारीहरु, स्थानीय व्यवसायीहरु एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा २० वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

footwear zone

बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

 

You might also like

Comments are closed.