काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको गिरेको साखलाई माथि उठाउन युवाहरुको सहभागिता आवश्यक रहेको महासंघ कार्यकारिणी सदस्यका उम्मेदवार रितेश लामिछानेले बताएका छन् । नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्षसमेत रहेका उनले महासंघमा नयाँ विचारका साथ काम गर्ने उत्साह भएका युवाहरुको प्रतिनिधित्व हुनुपर्ने बताए । सोही सोचका आधारमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
‘महासंघमा परम्परागत सोच तथा तरिकालाई परिवर्तन तथा परिमार्जन गर्नुपर्छ,’ उनले भने, ‘युवाहरु पनि अगाडि बढ्नुपर्छ भन्ने सोचेर नै अगाडि बढेको हुँ । मैले राम्रो प्रतिक्रिया पनि पाएको छु । युवाहरुलाई प्रोत्साहनका साथ अगाडि बढाउनुपर्छ भनेर सबैले साथ दिने प्रतिबद्धता गर्नुभएको छ ।’
लमिछानेले महासंघमा बस्तुगततर्फ कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् । महासंघको कमोडिटी काउन्सिलमा उनी २ कार्यकालसम्म मनोनीत भएर काम गरिसकेका छन् ।

नेपाली युवा उद्यमीलाई महासंघसँग जोड्ने, नेपालमा युवा उद्यमको विकासका लागि लबिङ गर्ने पनि उनले बताए । गुड्स केयर एसोेसिएसनका अध्यक्षसमेत रहेका लामिछाने विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् । महासंघको ५७औं वार्षिक साधारणसभा चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ ।




Comments are closed.