नाडा कोषाध्यक्ष मल्ललाई जनसेवाश्री पदक

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मीलनबाबु मल्ल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।

वैशाख १ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मल्ललाई उक्त पदकबाट विभुषित गरेका हुन् ।

राष्ट्रकै गौरवका रुपमा लिइएको जनसेवाश्री पदकबाट विभुषित हुन पाउँदा गौरव महसुस भएको मल्लले बताए । सामाजिक तथा व्यावसायिक क्षेत्रमा थप सक्रियतासहित काम गर्ने प्रेरणा मिलेको उनले बताए ।

footwear zone

अटोमोबाइल व्यवसायी मल्ल लायन्सका इलेक्ट सेकेण्ड भाइस गभर्नरसमेत हुन् ।

You might also like

Comments are closed.