काठमाडौं । मोहित ग्रुपका अध्यक्ष डा. सुबोध कुमार गुप्ता ‘प्रवल जनसेवाश्री चतुर्थ पदवी’बाट विभूषित भएका छन् । वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त विभूषण प्रदान गरेका हुन् ।
गुप्ता नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यकारिणी सदस्य हुन् । महासंघ कार्यसमितिमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्षसमेत रहेका उनी नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष हुन् ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय गुप्तालाई गत संविधान दिवसको अवसरमा उक्त पदकबाट विभूषित गर्ने निर्णय नेपाल सरकारले गरेको थियो ।

राष्ट्रिय गौरवका रुपमा लिइने ‘प्रवल जनसेवाश्री चतुर्थ पदवी’ गौरव महसुस भएको गुप्ताले बताए । ‘सामाजिक तथा व्यावसायिक क्षेत्रमा अझै बढी सक्रियताका साथ लाग्न यो सम्मानले मलाई प्रेरणा मिलेको छ,’ उनले भने ।




Comments are closed.