इक्यानको उपाध्यक्षमा फिलिप डिसीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी फिलिप डिसीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । इक्यानको आसन्न निर्वाचनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

डिसी राइट पथ करियर काउन्सिलिङका सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत हुन् । राइट पथको मुख्य कार्यालय काठमाडौंको पुतलीसडक, कुमारीपाटी, बानेश्वर, चितवन, हेटौंडा, बुटवल, दाङ र झापा, धनकुटामा छ । नेपाल बाहिर इन्डियामा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

डिसीसँग शैक्षिक परामर्श व्यवसायमा १२ वर्षको अनुभव छ । युकेमा अध्ययन पश्चात शैक्षिक परामर्श व्यवसायमा आबद्ध भएका उनी ८ वर्ष अगाडि स्वदेशमा फर्किएर व्यवसायमा आबद्ध भएका हुन् ।

footwear zone

इक्यानलाई थप सशक्त र व्यवसायीमैत्री संस्था बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको डिसीले बताए ।

‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ तत्काल कार्यान्वय नगर्ने निर्णय गराउन उनी सक्रियताका साथ लागेका थिए । उक्त निर्देशिकाबाट सरकार पछि हटेपछि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)मा पुरानै व्यवस्था लागु भएको छ ।

You might also like

Comments are closed.