केएल दुगडको ‘ज्ञान मह’

काठमाडौं : केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ‘ज्ञान मह’ बजारमा ल्याएको छ । स्थानीय रूपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिमा चरन गरेका मौरीबाट यस महको उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।

स्थानीय उत्पादनको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन शुरू गरिएको कम्पनीको भनाइ छ ।

खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञले यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि स्वीकृति दिएकोले गुणस्तरमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरका साथै स्थानीय किराना पसलमा २५० ग्राम, ५०० ग्राम  र  १ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

footwear zone

केएल दुगड समूहले ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादन लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

You might also like

Comments are closed.