अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेसँग चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका पहल गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ ।

अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको चेम्बरले जानकारी दिएको हो ।

यसबाट मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । सभामुख घिमिरे समक्ष मल्लले भने, ‘उद्योग व्यवसायको प्रवद्र्धन, संरक्षणमार्फत निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा विधेयकमा उल्लेखित व्यवस्थाले थप हतोत्साही बनाएको छ ।’

footwear zone

निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकाय हुँदाहुँदै थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा वेथिति बढ्ने र वैदेशिक लगानी समेत प्रभावित हुन सक्ने तर्फ मल्लले सभामुखको ध्यानाकर्षण गराए ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख घिमिरेले निजी क्षेत्र मैत्री कानून निर्माणका लागि आफू प्रयासरत रहेको बताए ।
सभामुखले ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलकै भूमिका रहने तर आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने कुरामा विश्वास दिलाएका थिए ।

You might also like

Comments are closed.