समृद्धि फाइनान्सले ल्यायो ‘ग्याँससँगै क्यास’ र ‘पानी बचतको बानी’ क्यास व्याक योजना

काठमाडौं । ‘समृद्धिको लागि सहकार्य’ भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन् । जसमा ग्याँस सँगै क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रु. ५० र विक्रिेताले रु. १० क्यास व्याक प्राप्त गर्नेछन् । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले रु. ५ क्यास व्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आगामी दिनमा थप पाँच वटा शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड, फोन पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

footwear zone

 

You might also like

Comments are closed.