काठमाडौं । स्वदेशमै उत्पादित सवारी साधनहरुको दर्ता प्रक्रियाका लागि तदारुकता देखाउँदै यातायात ऐन संसोधनका निमित्त सरकारले चालेको कदम स¥हानीय रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताएका छन् ।
नाडाले केही समय अघि नै सवारीसाधनहरु नेपालमा नै एसेम्बल र उत्पादनका लागि सहज हुने गरि नीति तथा ऐन निर्माण गर्न सरकार समक्ष सुझावहरु पेश गरिसकेको बताउँदै उनले सरकारको उक्त कदमको स्वागत गरेका हुन् ।
‘सबै प्रकारका सवारी साधनहरु स्वदेशमै उत्पादन तथा एसेम्बल हुने वातावरण निर्माणका लागि उद्योग मैत्री दीर्घकालीन नीति तथा ऐनहरु निर्माण हुनु जरुरी छ,’ उनले भने, ‘यसो हुन सके निजी क्षेत्र यसमा लगानी गर्न तैयार छ ।’

नेपालमा बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ दर्ता हुन सकेको छैन । यात्री दर्ताका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले समेत चासो देखाएका छन् । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी तत्काल कानूनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । यातायात व्यवस्था विभागले पनि यात्री दर्ताका लागि प्रक्रिया अगाडि बढाउन यातायात ऐन संसोधनको प्रक्रिया अगाडि बढाएको छ ।




Comments are closed.