काठमाडौं । लक्ष्मी लुघवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । लुघवित्तको नियमित बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माको कार्यकाल यही वैशाख १९ गते सकिदैछ । नवनियुक्त सिइओ श्रेष्ठको कार्यकाल त्यसपछि सुरु हुनेछ ।
नवनियुक्त सिइओ श्रेष्ठले २०६९ वैशाखदेखि लक्ष्मी लघुवित्तमा नायव महाप्रवन्धक भएर काम गरिरहेका थिए ।

लक्ष्मी लुघवित्तले ५६ जिल्लामा ९० शाखा सञ्जालमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थामा ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।




Comments are closed.