फील्डमा नै खटिएर काम गर्ने निर्माण व्यवसायी महिलाको संख्या ज्यादै न्यून छ

लक्ष्मी बस्नेत, प्रवन्ध निर्देशक, सागर कन्स्ट्रक्सन प्रालि

म विगत १६ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छु । कुनै पनि पेशा व्यवसाय गर्दा त्यसमा लगाव आवश्यक पर्छ, लगावले काममा सफलता दिलाउने हो । निर्माण क्षेत्र संवेदनशील क्षेत्र हो । निर्माण कार्यमा गुणस्तरलाई ध्यान दिनुपर्ने कुरामा म र मेरो निर्माण कम्पनी प्रतिबद्ध छ । हामीले गरेको काममा नराम्रो भयो भनेर गुनासो पनि अहिलेसम्म आएको छैन । अहिलेसम्मको यही क्षेत्रमा थपिँदै आएको अनुभवले यसमै निरन्तरता दिने कुरामा उर्जा थपिएको छ ।

म नेपाल निर्माण व्यवसायी महासंघमा आवद्ध छु । निर्माण क्षेत्रमा महिला व्यवसायी तुलनात्मक रूपमा कम छन् । यस क्षेत्रको संभावना राम्रो भएपनि व्यावसायिक रूपमा सक्रियता देखाउने कुरामा हाम्रो सामाजिक अभ्यासकै कारण कमै महिला निर्माण व्यवसायमा लाग्ने गरिएको होला । निर्माण कम्पनीमा नामकै लागि त धेरै महिला हुनुहोला तर फील्डमा नै खटिएर काम गर्ने निर्माण व्यवसायी महिलाको संख्या ज्यादै न्यून छ ।

श्रीमानको नाममा लाइसेन्स रहेको र काममा महिला जाने पनि गर्नुभएको छ । कतिपय महिलाको नाममा लाइसेन्स रहेका छन् भने फील्डमा नै खटिने कम हुनुहुन्छ । यस व्यवसायमा आवद्ध महिलाका पनि विभिन्न समस्या छन् । काममा जानकै लागि पनि समस्या छ । महिलाले यस क्षेत्रमा काम गर्न सक्दैनन् अरूमार्फत गरेका होलान् भन्ने सोचाइ पनि पाइन्छ । राज्यले पनि भने अनुसार गरेको छैन ।

footwear zone

कलंकीमा रहेको नापीको विल्डिङ, कोटेश्वरमा हस्पिटल, सैनिकका विल्डिङ, बाटो लगायत काम मेरै नेतृत्वमा गरेको छु । अहिले मैले सागर कन्स्ट्रक्सन प्रा.लि र एरुष कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि मार्फत काम गरिरहेको छु । यी व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै जनाले रोजगारीको अवसर पनि पाएका छन् ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.