पोखरा । पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ ।
सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोकमा थप नयाँ शाखा शुक्रबारदेखि सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।
सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ ।

पोखराको चिप्लेढुङ्गा, लेकसाइड, शान्तिनगर, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदानगर्दै आएको छ । अमरसिंहको शाखा सञ्चालनको अवसरमा १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिको गिरीले बताए ।




Comments are closed.