डेभिजफलको सार्वजनिक शौचालय उद्घाटन

पोखरा । पोखरा महानगरपालिका–१७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन माबी पार्किङ व्यवस्थापन समितिले नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गरेको छ । शुक्रबार पोखरा–१७ का वडा अध्यक्ष राधिका शाही योगीले उक्त उद्घाटन गरेकीहुन् ।

सो उद्घाटन कार्यक्रमा बोल्दै वडा अध्यक्ष योगीले कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, फाेहोरको व्यवस्थापन, पर्यटकको लागि चमेना गृह, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गर्दै देशविदेशका पर्यटक आउने भएकोले वगैंचा सहितको नमुना पार्किङ वनाउन सुझाव दिए ।

footwear zone

त्यसै गरी गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबी व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस वयवस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी लगाएतले मन्तव्य राखेका थिए ।

समितिका सदस्य इश्वरी प्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गर्दै ३५ लाख खर्च भएको वताउँदै उक्त शौचालय निर्माणको लागि मुख्य गरी छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको बताए ।
समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य युवराज लामिछाने (युवक) र संचलन हरिप्रसाद लम्सालले गरेका थिए ।

You might also like

Comments are closed.