काठमाडौं । नेपाल राष्ट्र बैंकको यस आ.वा २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैंक लि.ले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा शुक्रबार र शनिबार ग्राहकमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको बृहत वित्तीय साक्षरता , विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैला कार्यक्रम को आयोजना भने देशभरका विभिन्न विद्यालयहरु ÷ कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजनिक स्थलमा गरिएको थियो ।
“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको यस बंैक लि.ले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको सहभागीता रहेको थियो । वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थीहरु, जनमानस तथा ग्राहकमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।




Comments are closed.