काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । चितवन राप्ती नगरपालिका ९ लालपुर स्थायी घर भइ हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ पक्राउ परेका हुन् ।
बिजु कार्कीलाई वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ असुलेको आरोप उनलाई छ । कम्बोडिया पुगेपछि आरएफसी सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भनेर आश्वासन दिएको र मासिक तलब एक लाख रुपैयाँ भन्दा बढी हुन्छ भनेर प्रलोभनमा पारेको आरोपमा प्रहरीले उनलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
पीडित कार्कीसँग ७ लाख रुपैयाँ रकम लिई श्रेष्ठ सम्पर्क विहीन भई ठगी गरेको आरोपसहित काठमाडौं उपत्यका अपराज अनुसन्धान कार्यालयमा पत्रचार भएको थियो ।

कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौंको कोटेश्वरबाट श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाएको छ ।




Comments are closed.