काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको महासंघले जनाएको छ ।
उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थविद् केशव आचार्य र डा कल्पना खनाल छन् ।
विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासङ्घका सल्लाह सुुझावलाई प्रभावकारीरूपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास व्यक्त गरे ।

पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्नेमा जोड दिइएको छ । रासस




Comments are closed.