त्रिरत्न आवासीय विद्यालय २३औं वर्षमा प्रवेश

 

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित भुइँखेलमा रहेको त्रिरत्न आवासीय विद्यालय (त्रिपल जेम) स्थापनाको २२ वर्ष पुरा भइ २३औं वर्षमा प्रवेश गरेको छ । आज बिहीबार विद्यालयले विशेष कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदैछ ।

विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम र विभिन्न व्यक्तित्वहरुलाई सम्मानसहित अभिभावक दिवस कार्यक्रमसमेत गरी वार्षिकोत्सव मनाइने संस्थापक प्रिन्सिपल भिक्षू कोन्दन राजु लामाले जानकारी दिए । राष्ट्रिय नाँचघर जमलमा वार्षिकोत्सव कार्यक्रम हुनेछ ।

footwear zone

‘हाम्रो लक्ष्य संस्कारयुक्त शिक्षा, समाज तथा राष्ट्र निर्माण’ मूल नाराका साथ विद्यालयले पठनपाठन गराउँदै आइरहेको छ ।

हार्दिक आभार
शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल काठमाडौंको स्वयम्भुस्थित भुइँखेलमा रहेको यस त्रिरत्न आवासीय विद्यालय (त्रिपल जेम) स्थापनाको २२ वर्ष पुरा भइ २३औं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । हाम्रो यस २३ वर्षे शैक्षिक यात्रामा निरन्तर साथ दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, शुभेच्छुक एवं शुभचिन्तकहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछौं । गुणस्तरीय र आधुनिक शिक्षामा हामी सधैं प्रतिबद्ध छौं ।
भिक्षू कोन्दन राजु लामा
संस्थापक प्रिन्सिपल

You might also like

Comments are closed.