काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा बैशाख १६ शुरु भएको क्यामप १८ गतेसम्म संचालन भएको थियो ।
नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो । सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५% र स्पेयर पार्ट्स खरिदमा ७% सम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाउनु भएको थियो। क्याम्पमा ग्राहकहरुको लागि जलपानको पनि उत्कृष्ट व्यवस्था गरिएको थियो । क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जानेको छ । क्याम्पको बारे प्रतिक्रिया दिदै सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने,“ गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो ।
उत्साहजनक सहभागिताका कारण आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न प्रेरणा मिलेको रिमालले बताए ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ क्षत्रमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।






Comments are closed.