कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु., लगायत सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न गर्नेछन् ।

अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहक महानुभावहरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

footwear zone

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.