दोलखाका चार युवाको लगानीमा कौशलटारमा खुल्यो किंग्स क्याफे रेष्टुरेण्ट

भक्तपुर । भक्तपुर मध्यपुर थिमि नगरपालिका तीनको मुख्य चोक कौशलटारमा ग्राहकको रोजाई अनुसारको फास्टफुड र बेकरीका स्वादिष्ट परिकार सर्वसुलभ गराउने उद्येश्यले किंग्स क्याफे रेष्टुरेण्ट वैशाखको तेस्रो हप्ताबाट खुलेको छ ।

दोलखाका चार जना युवाहरु सुरज काफ्ले, विपिन काफ्ले, सन्तोष काफ्ले र बद्री थापा मिलेर करिव एक करोड लगानीमा यो व्यवसाय शुरु गरेका हुन् । कोटेश्वर वनेपाको चारलेनको फराकिलो सडक तथा भक्तपुर र यस क्षेत्रमा बढ्दो घना वस्ती तथा व्यवसायसँगै नयाँ र नौलो वातावरणमा खानपीन गर्न सक्ने ठाउँको आवश्यकता भएकोले यो क्याफे सञ्चालनमा ल्याएको सञ्चालकको भनाइ छ ।

“ स्थानीय ग्राहकको चाहना अनुसार डिंक एण्ड कफी, फुड एण्ड बेकरीका स्वादिष्ट परिकार उपलब्ध गराउने उद्येश्यले यो क्याफे खोलेका हौ, बढ्दो बस्ती, यहाँ खुलेका विभिन्न पसल तथा वैंक वित्तीय संस्थासँगै यो क्याफेको हामीले आवश्यकता महसुस गरेका हौँ, ”, सुरजले भने ।

footwear zone

स्टार्टर एप्पीटाइजर र मेनकोर्स यहाँ उपलब्ध हुन्छन् । बेकरीमा केकहरु, ब्रेड, ब्राउनी, चकलेट बम, चकलेट लाभा तथा फास्टफुडमा मम, पिज्जा, बर्गर, चाउमिनसहित ब्रेकफास्ट, लन्च सेट र खाजा सेटहरु पनि उपलब्ध हुनेछन् । अर्गानिक स्वादमा कोदो र फापरको ब्राउनीसहितका बेकरीका आइटमहरु पनि उपलब्ध गराउने बद्रीको दावी छ ।

केही न केही व्यवसाय गरेर आत्मनिर्भर बन्ने सोच राखेका चार दोलखाली युवाको रेखदेख र लगानीमा खुलेको यस क्याफेमा नौ जनाले रोजगारी पाएका छन् ।

दशजोड दुईमा विज्ञान अध्ययनपछि सिए अध्ययन गर्दागर्दै स्की एण्ड स्नोवोर्डिङ फाउण्डेशन नेपालको कोषाध्यक्ष भएका सुरज काफ्ले त्यहीक्रममा रोल्वालिङ, अन्नपूर्ण वेसक्याम्प मेरापीक, पुथा हिमचुलि, मनास्लु, कालिञ्चोक खाङ्ला ग्लेसियरमा देशविदेशका युवालाई स्की खेलाउने अभियानमा जुटे । स्की गाइडस नेपालबाट स्की तालिम र एक्सपीडिसन चलाए । स्नातक अध्ययन सकेका सुरजले भक्तपुरको राधेराधेमा चारजना साथीहरुसँग मिलेर दुई वर्षदेखि दरबार थकाली होटल एण्ड रेष्टुरेण्ट चलाएका छन् । त्यहाँको अनुभवलाई पनि उनले यहाँको सेवामा सदुपयोग गर्दैछन् ।

विपिन काफ्ले निर्माण व्यवसाय र राजनीतिक क्षेत्रमा क्रियाशील छन् । त्यस्तै सन्तोष काफ्ले डेढदशकदेखि दरवारमार्ग, ठमेल लगायतका क्षेत्रमा आतिथ्यता क्षेत्रमा काम गरेको अनुभव छ । त्यही सीप र कौशल उनले यहाँ पनि प्रयोग गर्दैछन् । बद्री थापा सामाजिक राजनीतिक क्षेत्रमा जोडिएका छन् ।

किंग्स क्याफेको मुख्य विशेषत भनेको बेकरी र फास्टफुड नै हो । क्याफे सञ्चालनको सुरुआतमै यहाँको परिकार बच्चाबच्ची र युवा ग्राहकको रोजाईमा परेको उनीहरुको भनाइ छ । पारिवारिक र शान्त वातावरण भएको तथा साथीभाई र समूहमा समेत बस्न सकिने भएकाले पनि यो ग्राहकको रोजाइमा पर्ने सञ्चालकहरुको दावी छ । खासगरी वर्थडे, एनीभर्सरी सेलीब्रेसन तथा पारिवारिक र साथीभाइको समूहमा बस्न सक्ने वातावरण भएकोले कौशलटार क्षेत्रमा यसको लोकिप्रयता बढ्ने दावी सञ्चालक सुरज काफ्लेको छ ।

You might also like

Comments are closed.