सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा १० प्रतिशत छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरा स्थित ५ तारे होटल इच्छा प्रा।लि। बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

footwear zone

बैंकले देशैभरी फैलिएका १८२ वटा शाखा, १३९ वटा एटिएम विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.