काठमाडौं । हुलास आल्मुनियमले सोमवार फ्रेबिकेटरबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट गरेको छ । चितवनको दियालो फुडल्याण्डमा सम्पन्न भएको कार्यक्रममा फ्रेबिकेटरहरूलाई हुलास स्टीलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टील एप’ को बारेमा जानकारी दिएको थियो ।
कम्पनीले फ्रेबिकेटरलाई लक्षित गर्दै आफ्नोे एपमार्फत ‘हुलास स्टील एप–मोबाइलमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको गरेको जानकारी दिएको छ ।
फ्रेबिकेटरका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य उपहार रहेको बताइएको छ । कम्पनीका अनुसार अफरमा जोडिन ग्राहकले मोबाइलमा ‘हुलास स्टील एप’ डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरीद गरी प्राप्त भएको बिल लोड गरी खरीद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्नुपर्ने छ । प्वाइन्ट जति धेरै भयो त्यति धेरै उपहार प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।






Comments are closed.