आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी एकीकृत कारोबार बुधबारबाट शुरु भएको छ । बुधबार होटल याक एण्ड यती, दरबरमार्गमा एक कार्यक्रमकाबीच एकीकृत कारोवार शुरु भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, विशेष अतिथि नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय देव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका प्रतिनिधि वारिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, त्यसै गरी जीवन बीमक संघ नेपालका अध्यक्ष पोशाक राज पौडेल, साथै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, लगायत नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु र बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु, संस्थापक शेयरधनी  लगायत ग्राहकको पनि उपस्थिति रहेको थियो ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सहमति सहित दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार थालनी भएको छ ।

footwear zone

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिँदै दुवै कम्पनीले मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेको ९० दिन भित्रमा एकिकृत कारोबार गर्न सफल भएकोमा समेत धन्यवाद दिँदै दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नतामा मर्जर पछि यो कम्पनी उत्कृष्ठ बीमा कम्पनी हुनेछ भनि शुभकामना समेत दिए ।

कार्यक्रममा उपस्थित विशेष अतिथि तथा अतिथिले कम्पनीको उत्तरोतर प्रगतीको कामना सहित शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापती तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य गर्दै प्रारम्भिक सम्झौता भएको ९० दिन भित्र सेवा कार्य सम्पन्न गर्न सहयोग गर्ने नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल सहित सम्पूर्ण अधिकृतहरु, त्यसै गरी कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगायत अधिकृतहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख तथा अधिकृत र त्यसै गरी दुवै कम्पनीका आदरणीय शेयरधनी, संचालक समितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गरे । सोही अवसरमा ढकालले छोटो समयमा मर्जर कार्यलाई सफल बनाउन अहोरात्र कार्य गर्ने मर्जर समितिका संयोजक लगायत पधादिकारीहरु, पत्रकार मित्रहरु, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारी मित्रहरुलाई समेत विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ढकालले देशभर सातै प्रदेशमा रहेका शाखा संजाल तथा ५१७ जना अनुभवी कर्मचारीहरुबाट सरल, चुस्त र दुरुस्त सेवा प्रदान गरी आजबाट ३ अरब २ करोडको चुक्ता पूँजी सहित निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कार्य आरम्भ गरेको बताए ।

उक्त अवसरमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष तथा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका संचालक विशाल अग्रवालले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि सहित सम्पूर्ण नियमनकारी निकायबाट सहभागी पधादिकारीलाई धन्यवाद दिए । सोही कार्यक्रममा अग्रवालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि उत्कृष्ठ बीमा कम्पनी बन्ने छ भनि देशको सातै प्रदेशमा रहेका ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी हाम्रा सहकर्मी साथीहरुबाट उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको रुपमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताए ।

 

You might also like

Comments are closed.