उर्जाको बचतले प्रतिस्पर्धी क्षमता बढाउँछ : प्रजापति

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका छन् । मितव्ययी र प्रभावकारी उर्जा बचतबाट मुनाफा बढने र वातावरण संरक्षणमा सहयोगसमेत पु¥याउने उनको भनाइ छ ।

अध्यक्ष प्रजापति पोखरा उद्योग वाणिज्य संघ तथा जर्मन सहयोग नियोग (जीआइजेड) ले बुधबार पोखरामा आयोजना गरेको उद्योग तथा व्यवसायमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले उद्योग÷व्यवसायको क्षेत्रमा प्रयोग गरिने उपकरणहरुको सामान्य सुधारले पनि उर्जा खपत कम गर्न सकिने धारणा राखे । उनले भने,‘ हामीले अव नवीकरणीय र हरित उर्जा प्रयोग किन आवश्यक छ भन्नेबारे सचेतना बढाउनुपर्ने देखिएको छ ।’ अध्यक्ष प्रजापतिले नेपालको व्यापार घाटा कम गराउन पनि उर्जा बचत जरुरी रहेको बताए ।

जमर्न सहयोग नियोग जीआइजेडले उर्जा बचत कार्यक्रममा नेपाललाई सघाउँदै आएको छ । कार्यक्रममा बोल्दै जीआइजेडका निर्देशक संजयप्रसाद गोर्खालीले नेपालमा एकातिर उर्जा उपभोग बढाउनुपर्ने र अर्कोतिर उर्जाको बचत गर्नुपर्ने आवश्यकता रहेको बताए । उर्जाको उपभोग बढ्नुलाई नागरिकको जीवनस्तर बढेको रुपमा लिइन्छ ।

footwear zone

उर्जा प्रयोगको अवस्थाको परीक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जीआइजेडका सल्लाहकार ज्ञानेन्द्रप्रसाद उपाध्यायले कुनै उद्योग वा प्रतिष्ठानले कति उर्जा खपत गरेको छ र कहाँनेर चुहावट भएको छ भन्ने बुझ्नको लागि उर्जा अडिट गर्नुपर्ने धारणा राखे ।

ग्रिन परियोजनाका निर्देशक सुदन कायस्थले ५७ वटा उद्योगमा गरिएको अडिटबाट सामान्य सुधारले पनि १२ प्रतिशतभन्दा बढी उर्जा बचत गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद तथा महासचिव बलराम आचार्यको धन्यवाद रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाभ श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका कर्जा अधिकृत हेमराज भट्टराई, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव बस्ताकोटी र टीकाराम सुवेदीले पनि धारणा राखेका थिए । जर्मन सरकारको सहयोगमा उर्जा बचत कार्यक्रमलाई अनुदान पनि प्रदान गर्दै आइएको छ ।

You might also like

Comments are closed.