पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले लायन्स बर्ष २०२३÷२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।
क्लवको अध्यक्षमा सागर ऐर , प्रथम उपाध्यक्षमा परसुराम पौडेल , द्वितीय उपाध्यक्षमा उत्तम केसी , तृतीय उपाध्यक्ष रामचन्द्र अधिकारी ,सचिवमा बिनय आचार्य , कोषाध्यक्षमा केबल गिरी, मार्केटिङ चिफ किरण सापकोटा सर्बसम्मत चयन भएका छन् ।
निर्वाचन कार्यक्रम कोडिनेटर पुरुषोत्तम पराजुलीले कार्यक्रममा बोल्दै क्लबले लायन्स अन्तराष्ट्रियको मर्म अनुरुप सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गरेका थिए ।

बर्ष २०२२/२३ का अध्यक्ष गुरु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्ब अध्यक्षहरु हरिहर सापकोटा, कुमार बास्तोला, बिश्व बिजुक्छे लगायतले शुभकामना व्यक्त गरेका थिए । मनोनीत चिफ एडभाइजर प्रजापति बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।





Comments are closed.